ट्रयाक्टरले ठक्कर दिँदा बालकको मृत्यु
जनकपुर, २१ पुस । धनुषाको शान्तिपुरमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिपुर-६ का श्याम मुखियाका १० वर्षका छोरा लक्ष्मण मुखिया रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान घरबाट साइकल लिएर पसल गएको बेला ज १ त ८००८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७