काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत शुक्रबार चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने आठ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । दुवै टोलीको योजना प्रतियोगितामा दोस्रो जित निकाल्ने हुनेछ । हालसम्म लिगमा तीन खेल खेलिसकेका दुवै टोलीले एक-एक जित निकालेका छन् ।
चेन्नई आजको खलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । आजको खेलमा हैदरावादविरुद्ध जित निकाल्न चेन्नईलाई त्यति सहज भने छैन । हैदरावाद पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले पहिलो खेलमा साविकको विजेता टोली मुम्बई इन्डियन्सलाई पराजित गरेपछिका दुई खेलमा भने जित निकाल्न सकेको छैन । यता डेभिड वार्नरको कप्तानीमा रहेको हैदरावाद पहिलो र दोस्रो खेलमा पराजित भएको थियो । हैदरावादले तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १६ शुक्रबार
Comments