सरकार पक्षले आज बहस गर्दै
काठमाडौं, १८ पुस । सीमांकन हेरफेर गर्ने गरी सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्च अदालतमा परेको रिटमाथि आज पनि सुनुवाई हुदैंछ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको इजलासले हिजो उक्त रिटमाथिको सुनुवाइ नसकिएपछि आजका लागि सारेको हो ।
अधिवक्ता टीकाध्वज खड्काले संसदमा संशोधन प्रस्ताव दर्ता हुनुअघि नै त्यसलाई रोक्न र दर्ता भैसकेपछि बदर गर्न माग गर्दै दुई छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
दुवै रिटमाथि हिजोबाट बहस सुरु भएको छ । रिटमा आज सरकार पक्षले बहस गर्ने छ । यसमा पूर्व सांसद मञ्चले दिएको रिट पनि सँगै राखेर हेरिएको छ ।
तीनै रिट पक्षका वकिल वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल र विजय मिश्रले बहस गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ १४:१३