काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबल आज (शुक्रबार) रातिबाट सुरु हुँदै छ । घरेलु लिगको नयाँ सिजन २०२०-२१ मा सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख र साल्के भिड्दै छन् ।
खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा राति १२:१५ बजे सुरु हुनेछ । गत सिजन तीन उपाधि जितेको बायर्न नयाँ सिजनमा साल्केलाई पराजित गर्दै लिगमा सुखद सुरुवात गर्न चाहन्छ । गत सिजन बायर्नले घरेलु लिग बुन्डेस लिगा, जर्मन कप र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
बायर्नले गत सिजन लिगका ३४ खेल खेल्दा मात्र चार खेल गुमाएको थियो । यता साल्के पनि लिगमा सुखद सुरुवात गर्न चाहन्छ । तर, बायर्नलाई रोक्न साल्केलाई त्यति सजिलो भने हुने छैन । पछिल्लो सात खेलको नतिजा हेर्दा साल्के बायर्नसँगले सातवटै खेल गुमाएको छ ।
साल्केले गत सिजन लिग अंक तालिकाको १२औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । साल्केले गत सिजन लिगका ३४ खेल खेल्दा ९ खेलमा जित, १२ खेल बराबरी र १३ खेलमा पराजय भोग्दै ३९ अंक जोडेर १२औं स्थानमा लिगको अन्त्य गरेको थियो ।एजेन्सी ।
प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार
Comments