काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारको प्रवक्ता नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।
तत्कालीन अर्थ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त थियो। उनी अन्य व्यवस्था नभएसम्मका लागि प्रवक्ता बनेका हुन्।
मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपति सक्षम सिफारिस गर्ने निर्णय गरेको छ। उनी राष्ट्रपतिबाट मनोनित भएपछि राष्ट्रियसभा सदस्य बन्नेछन्।
यसैगरी, मन्त्रिपरिषद् बैठकले लामो दूरीको यातायात र आन्तरिक हवाई उडान सेवा पनि खोल्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार ती सेवा असोज ५ गतेदेखि सञ्चालन हुनेछन्। त्यसका लागि कोभिड-१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ।
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
Comments