काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज शनिबारबाट सुरु हुदैछ । कोरोनाले प्रभावित बनेको विश्व फुटबलका बीच प्रिमियर लिगको नयाँ सिजन सुरु हुन लागेको हो ।
जम्मा ७ हप्ताको विश्रामपछि नयाँ सिजन सुरु हुन लागेको हो । कोरोनाका कारण अघिल्लो सिजन प्रभावित बनेपछि छोटो विश्रामका साथ प्रिमियर लिग सञ्चालन गर्न लागिएको हो ।
शनिबार पहिलो दिन चार खेल हुदैछ ।
साविक विजेता लिभरपुलले नवप्रवेशी क्लब लिड्सलाई एनफिल्डमा स्वागत गर्नेछ । लिभरपुलका जोर्डन हेन्डरसन र जोएल माटिप चोटका कारण खेल्ने÷नखेल्ने अनिश्चित छ । तर दुवै जना प्रशिक्षणमा फर्किएका छन् ।
लिड्स समेत चोटका कारण गैटानो बेर्डी र एडम फोर्शव बिनै मैदान उत्रनेछ । लिड्सले नयाँ सिजनका लागि हस्ताक्षर गरेका रोड्रिगो र रोविन कोच अन्तराष्ट्रिय जिम्मेवारी पुरा गरि इङ्ल्याण्ड फर्किएका छन् ।
दुवै खेलाडी फिट छन् र लिड्सबाट डेब्युको प्रतिक्षा गरिरहेका छन् । लिड्सले कीर्तिमानी मुल्यमा रोड्रिगोलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्धन गरेको थियो ।
अन्य खेलमा लण्डन क्लब आर्सनल नवप्रवेशी फुलहमको भ्रमणमा निस्कनेछ भने क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्नेछ । दिनको अन्तिम खेलमा न्युक्यासल र वर्नली भिड्नेछन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २७ शनिबार
Comments