पार्किङ गरी राखेको दुई डोजरमा आगजनी
म्याग्दी, ११ पुस । म्याग्दीमा गएराति रोकिराखेको दुईवटा डोजरमा आगजनी भएको छ । बेनी–गलेश्वर सडकखण्डअन्तर्गत रातोपहिरोमा पार्किङ गरी राखेको बा १ क ६५२३ र ग १ क २७५९ नम्बरको डोजरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गलेश्वरका अमृतमान शेरचन र सोमराज थापाको दुईवटा डोजरमा आगजनी भएको हो ।
आगजनीबाट दुवै डोजरमा क्षति पुगेको छ । यसबाट एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो लगाउनेको खोजी भइरहेको छ ।
अनुसन्धानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रमा समेत खोजी गरिरहेको छ । डोजरको इन्जिनमा क्षती भएको छ । कालोपत्रेलाई अवरोध तथा ठेकेदारसँगको बागेर्निक वा लेनदेनका कारण डोजरमा आगजानी गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००