काठमाडौं । एट्लेटिको मड्रिडका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । च्याम्पियन्स लिगको बिहिबारको खेल अघि एट्लेटिकोका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्पेनिस क्लबले आगामी बिहिबार क्वार्टरफाईनलको खेलमा लिस्वोनमा जर्मन क्लब आरबी लाईपेजिंगसंग खेल्दैछ ।एट्लेटिकोले संक्रमित दुवै जनालाई एकान्तबासमा राखेको जनाएको छ । तर दुवै जनाको परिचय सार्वजनीक गरिएको छैन ।
लिस्वोन उड्नु अघि शनिबार गरिएको परिक्षणमा पहिलो टिमका खेलाडी तथा स्टाफमा कोरोना पोजेटिभ देखिएको हो ।क्लबले कोरोना देखिएका ब्यक्तिसंग सम्पर्कमा रहेका सबैलाई आराम दिएको छ ।
‘पोर्चुगलको राजधानीमा बस्न र अभ्यासका लागि तयार गरिएको योजनालाई परिवर्तन गर्न पछिल्लो घटनाले प्रेरित गरेको छ ।’ क्लबद्धारा बिज्ञिप्तीमा भनिएको छ ।
‘क्लबले नयाँ योजनाको बिषयमा यूईएफएसंग सहकार्य गर्नेछ । हामी जति सक्दो चाँडो नयाँ योजना सार्वजनीक गर्नेछौ । दुई संक्रमित भेटिएको अवस्थालाई धेरै सम्मानको आह्वान समेत गर्छौै ।’ क्लबले भनेको छ ।
कोरोनाकै संक्रमणको कारण च्याम्पियन्स लिगको ८ टिमको खेल पोर्चुगलको लिस्वोनमा खेलाउन लागिएको छ । बन्द रंगशालामा हुने खेल सिंगल लेगमा गर्न लागिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन २६ सोमबार
Comments