काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ हजार ३५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
Comments