क्यानडामा जनवरी ७ तारिखबाट जात्रा प्रदर्शन
देशसँगै विदेशमा पनि जात्र’ले सफलताको झन्डा गाड्ने क्रम जारी छ । विदेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको फिल्म आउँदो जनवरीमा क्यानडामा पनि प्रदर्शन हुन लागेको छ । जात्रा क्यानडाको रेजिना सास्काटचेवानमा ७ तारिखमा प्रदर्शनमा आउन लागेको हो । जम्मा ५ सय नेपालीभाषीको बसोबास रहेको सो क्षेत्रमा पहिलो पल्ट कुनै नेपाली फिल्म देखाइन लागेको हो ।
फिल्म लुम्बिनी इन्टरटेनमेन्टले देखाउन लागेको हो । रेजिनामा १५० नेपाली र २५० नेपाली भाषा बोल्ने भुटानी रहेको लुम्बिनी इन्टरटेनमेन्टका अपरेसनल म्यानेजर सुमन भण्डारीले बताए । उनले जात्राको प्रदर्शनी सफल भए नियमित रुपमा नेपाली फिल्म प्रदर्शनको वातावरण बन्ने उनले जानकारी गराए । आयोजकले क्यानडाका अन्य सहरमा प्रदर्शनको तयारी गरिरहेको जानकारी गराएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००