नेपालसामू २२८ रनको लक्ष्य
३० मंसिर, काठमाडौं । श्रीलंकामा आजदेखि सुरु भएको एसीसी यु १९ एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोलीबाट २२८ रनको बिजयलक्ष्य पाएको छ ।नेपाल केहिबेरमा जवाफी ब्याटिङका लागि उत्रँदैछ। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल बनाएको थियो । उसका लागि हसिथा बोयागोडाले सर्बाधिक ८३ रनको योगदान दिए ।
इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । बलिङतर्फ नेपालका पवन सर्राफ र कमलसिंह ऐरीले दुई दुई विकेट लिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२