सुनचाँदीको मूल्यमा हालसम्मकै उच्च रेकर्ड , तोलाको कति ?

भक्तपुर न्यूज

९ साउन २०७७ ५:५९

सुनचाँदीको मूल्यमा हालसम्मकै उच्च रेकर्ड , तोलाको कति ?

काठमाडौं । नेपालमा पछिल्लो समय सुनको मुल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ । आज शुक्रबार पनि स्थानीय बजारमा सुनको मुल्यले अर्को नयाँ रकेर्ड कायम गरेको हो । आज सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।

जुन मुल्य हालसम्म कै उच्च हो । यस अघि हिजो बिहिबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु ९५ हजार ३६५ तोकिएको छ ।

आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । चाँदीको मुल्य प्रतितोला ११ सय ५० रहेको छ। महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।

प्रकाशित मितिः२०७७ साउन ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *