आज सुनको भाउमा सामान्य वृद्धि
काठमाडौं । आज सुनको मूल्य आइतबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुन प्रति तोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सय रुपैयाँ बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यता चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रति तोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको हो। विश्वबजारमा सुन प्रतिऔँस ३३ सय हाराहारीमा किनबेच भएको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८