काठमाडौं । फ्रेन्च क्लब मोनाकोले मुख्य प्रशिक्षक रोबर्ट मोरेनोलाई बर्खास्त गरेको छ । लिग वान क्लबले प्रशिक्षक मोरेनोलाई जिम्मेवारी दिएको ७ महिनापछि बर्खास्त गरेको हो ।
४२ वर्षीय प्रशिक्षक गत डिसेम्बरमा मोनाकोको मुख्य प्रशिक्षक चयन भएका थिए । मोनाकोले उनको स्थानमा निको कोभाक ल्याउने तयारी गरेको एएफपीले जनाएको छ ।
कोरोनाको महामारीको कारण लिग वान रद्द भएको थियो । शीर्ष स्थानमा रहेको कारण पेरिस सेन्ट जर्मेन ९पीएसजी० च्याम्पियन बनेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार
Comments