मेरो देश को प्रदर्शन मिति तय
काठमाडौं २७ ,मंसिर । देशप्रेमको कथामा तयार भएको चलचित्र मेरो देश को प्रदर्शन मिति तय गरिएको छ । प्रदर्शन मिति तयसँगै चलचित्रको टिजर र पोस्टर पनि सार्वजनिक भएको छ । यो चलचित्र फागुण ६ गतेबाट अल नेपाल रिलिज हुने निर्माणपक्षले बताएको छ । यो चलचित्रको छायांकन भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारामा छायांकन गरिएको छ । देव नेपालले निर्देशन गरेको यो चलचित्रमा नीशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, निर शाह लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
