काठमाडौं । दक्षिण अफ्रिकाका कप्तान क्विन्टन डी ककले पुरुष क्रिकेटर अफ दि इयरु अवार्ड जितेका छन् । क्रिकेट दक्षिण अफ्रिकाले शनिबार सार्वजनिक गरेको अवार्डमा डी कक वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
उनले दोस्रो पटक क्रिकेटर अफ दि इयरु अवार्ड जितेका हुन् । यस्तै डी ककले टेष्ट क्रिकेटर अफ दि इयरु र प्लेयर्स प्लेयर्स अफ दि इयरु को अवार्ड समेत जितेका छन् ।
लुंगी नेग्दीले एकदिवसीय र टी-ट्वान्टी क्रिकेटर अफ दि इयरु को अवार्ड जित्दा डेभिड मिल्लरले फ्यान्स प्लेयर अफ दि इयरु को अवार्ड जितेका छन् । महिलातर्फको क्रिकेटर अफ दि इयरु , एकदिवसीय क्रिकेटर अफ दि इयरु र प्लेयर्स प्लेयर्स अफ दि इयरु अवार्ड लौरा वोल्भार्डले जितिन् ।
महिलाकै टी-ट्वान्टी क्रिकेटर अफ दि इयरु अवार्ड शबनिम इस्माइलले जितिन् ।न्युकमर अफ दि इयर अवार्ड पुरुषमा एन्रीच नोर्टेज र महिलामा नोनकुलुलेको एमलाबाले जितिन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments