न्यायाधीश भट्टराईमाथि महाअभियोग लगाउनुपर्ने उजुरी खारेज
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई विरुद्ध दर्ता भएको महाअभियोगको उजुरी खारेज गरिएको छ । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश भट्टराईविरुद्ध दर्ता भएको महाअभियोगको उजुरी खारेज गरी तामेलीमा राख्ने निर्णय गरेको हो ।
समितिको मंगलबार बसेको बैठकले भट्टराई विरुद्ध महाअभियोग लगाउनुपर्ने प्रमाण नभेटिएको र ग्राहृय पनि नभएकाले उजुरी खारेज गरी तामेलीमा पठाउने निर्णय गरिएको समितिका सदस्य रामनारायण विडारीले जानकारी दिए । समितिले महाअभियोगको उजुरी भविष्यमा कारवाही नगर्ने गरी तामेलीमा राख्ने निर्णय लिइएको पनि स्पष्ट पारेको छ ।
सांसदहरु हरिचरण साह, रुकमिणी चौधरी र रामकुमार राईले सर्वोच्चका बहालवाला न्यायाधीश भट्टराईलाई महाअभियोग लगाउनुपर्ने भन्दै गत भदौ २१ गते संयुक्त रुपमा उजुरी दर्ता गराएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०