न्यायाधीश भट्टराईमाथि महाअभियोग लगाउनुपर्ने उजुरी खारेज

भक्तपुर न्यूज

२१ मंसिर २०७३ ११:०१

न्यायाधीश भट्टराईमाथि महाअभियोग लगाउनुपर्ने उजुरी खारेज

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई विरुद्ध दर्ता भएको महाअभियोगको उजुरी खारेज गरिएको छ । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश भट्टराईविरुद्ध दर्ता भएको महाअभियोगको उजुरी खारेज गरी तामेलीमा राख्ने निर्णय गरेको हो ।

समितिको मंगलबार बसेको बैठकले भट्टराई विरुद्ध महाअभियोग लगाउनुपर्ने प्रमाण नभेटिएको र ग्राहृय पनि नभएकाले उजुरी खारेज गरी तामेलीमा पठाउने निर्णय गरिएको समितिका सदस्य रामनारायण विडारीले जानकारी दिए । समितिले महाअभियोगको उजुरी भविष्यमा कारवाही नगर्ने गरी तामेलीमा राख्ने निर्णय लिइएको पनि स्पष्ट पारेको छ ।

सांसदहरु हरिचरण साह, रुकमिणी चौधरी र रामकुमार राईले सर्वोच्चका बहालवाला न्यायाधीश भट्टराईलाई महाअभियोग लगाउनुपर्ने भन्दै गत भदौ २१ गते संयुक्त रुपमा उजुरी दर्ता गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *