सुटिङका क्रममा रजनीकान्त घाइते
एजेन्सी, १९ मंसिर । दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्त फिल्म २.० को सुटिङको क्रममा घाइते भएका छन् । फिल्मको एक फाइट सिनको लागि सट दिइरहेको बेला उनलाइ चोट लागेको हो । फिल्मको प्रोडक्सन हाउसले दिएको जानकारी अनुसार उनलाई चोट लाग्नासाथ केलम्पकम प्राइभेट हस्पिटलमा भर्ना गरिएको थियो ।
भारतिय सञ्चार माध्यमले उल्लेख गरे अनुसार यो घटना हिजो राति ८ र ९ बजेको बिचमा भएको हो । हस्पिटलका एक अधिकारीका अनुसार उनको खुट्टमा चोट लागेको थियो । आधा घन्टाको उपचार पछि उनलाई डिस्चार्ज गरिएको छ ।
यो फिल्म रोबोर्टको सिक्वेल हो जसको बजेट करिव ४०० करोड भारु रहेको जनाइएको छ । उक्त फिल्ममा पहिलोपटक उनको साथमा बलिउडका अभिनेता अक्षय कुमार काम गर्दै छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५