काठमाडौं । दक्षिण कोरियाको शीर्ष डिभिजन लिग के लिगले दर्शक बस्ने सिटमा सेक्स डलु राख्ने क्लब एफसी सोललाई जरिवाना गरेको छ । के लिगले सोललाई १ सय मिलियन वन ९६६ हजार ५ सय पाउण्ड जरिवाना गरेको हो ।
कोरियन के लिग अन्तर्गत आइतबार ग्वान्जुविरुद्धको होम खेलमा सोलले दर्शक बस्ने सिटमा सेक्स डल राखेको थियो । कोरोना भाईरसको महामारीपछि के लिग दर्शक बिना बन्द रंगशालामा भईरहेको छ । तर, सोलले भने दर्शकको अभाव मेट्न भन्दै सेक्स डल दर्शक बस्ने स्थानमा राखेको थियो ।
घरेलु मैदानमा १-० को जित निकालेको खेलमा सोलले २८ महिला र २ पुरुष सेक्स डल राखेको थियो । तर, चौतर्फी विरोध भएपछि क्लबले गल्ती भएको भन्दै पछि माफी मागेको थियो । के लिगले क्लबको उक्त कार्यले महिला र पारिवारिक सदस्यहरुलाई चोट पुगेको बताएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ८ बिहिबार
Comments