काठमाडौँ । दोस्रो डिभिजनको जर्मन क्लब डायनामो ड्रेसडेनले पुरै टिमलाई दुई हप्ताका लागि आईसोलेसनमा पठाएको छ । दुई जनामा कोरोनाको संक्रमण देखिएपछि शनिबार पुरै टिमका खेलाडी तथा स्टाफलाई दुई हप्ताका लागि आईसोलेनमा लगिएको हो । बुन्डेशिलिगा र दोस्रो डिभिजनको लिग मे १६ बाट सुरु हुदैछ ।
अबरुद्ध लिग सुरु हुनु हप्ता दिन अघि दोस्रो डिभिजनको क्लबका सबै खेलाडी तथा अफिसियल दुई हप्ताका लागि आईसोलेसनमा राखिएको छ । कोरोनाका कारण युरोपको शीर्ष डिभिजनको क्लब फुटबल अबरुद्ध छ । तर कोरोनाको महामारीपछि सुरु हुन लागेको बुन्डेशलिगा युरोपको शीर्ष डिभिजनको लिग फुटबल हो ।
‘हामी आगामी दुई हप्ता कुनै अभ्यास पनि गर्दैनौ । कुनै खेल पनि खेल्दैनौ ।’ क्लबले भनेको छ । बिहिबार मात्र जर्मन फुटल एसोसिएसनले अबरुद्ध सिजन कडा स्वास्थ्य निगरानीमा सुरु गरिने बताएको थियो ।
मैदानमा दर्शकलाई प्रतिबन्ध लगाउँदै आवश्यक खेलाडीको कोरोनाको परिक्षण गरिने उल्लेख गरिएको थियो । खेलको दौरान स्टेडियममा खेलाडी, स्टाफ, अफिसियल गरि करिब ३ सय मानिस उपलब्ध हुने बताईएको छ ।
बुन्डेशलिगा मार्च १३ बाट अनिश्चित समयका लागि स्थगित गरिएको थियो । क्लबहरु अप्रिलको मध्य समयबाट अभ्यासमा फर्किएका थिए । तर शनिबार दोस्रो डिभिजनको क्लबले दुई जनामा कोरोनाको संक्रमण देखिएको भन्दै आफुले तालिका अनुसार खेल्न नसक्ने बताएको हो । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २८ आइतबार
Comments