आज बाला चतुदर्शी, सतबिज छरी मनाइदै
काठमाडौं, १३ मंसिर । आज मार्ग कृष्णपक्ष चतुदर्शी अर्थात बाला चतुदर्शी हो। हिन्दु धर्मवालम्बीहरुले आज सतबीज छरेर बाला चतुदर्शी मनाइदैछ ।
आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दर्शीको बिहान शतबिज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ। शिवालयमा शतवीज छर्नाले मृतआत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वाश गरिन्छ। सोमबार बिहानै मृतकका आफन्तले देश भारीका शिवालयहरुमा शतबिज छरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
