कोरोनाको असर : ल्याम्बर्गिनीले संक्रमण बढेपछि बन्द गर्यो उत्पादन

भक्तपुर न्यूज

३० फागुन २०७६ १०:४७

कोरोनाको असर :  ल्याम्बर्गिनीले संक्रमण बढेपछि बन्द गर्यो उत्पादन

काठमाडौँ । कोरोना भाइरसको असर अटो बजारमा समेत पर्न थालेको छ। उक्त भाइरसको कारण इटलीमा मात्रै १०१६ भन्दा धेरैले ज्यान गुमाईसकेका छन्।

यो अवस्थालाई मध्यनजर गर्दै इटलीस्थित संसारको सबैभन्दा ठूलो स्पोर्ट कार कम्पनी ल्याम्बर्गिनीले आफ्नो उत्पादन २ हप्ताको लागि बन्द गरेको छ। कम्पनीले आफ्नो बोलोग्ना सहरमा रहेको प्लान्ट २५ मार्चसम्मको लागि बन्द गरेको हो।

सामाजिक उत्तरदायित्व र सुरक्षा संवेदनशिलतालाई मध्येनजर गर्दै यो कदम उठाईएको र आवश्यक परेको खण्डमा अरु कदम उठाइने ल्याम्बर्गिनीका सिइओ इस्टेफानो डोमेनिसिलीले बताएका छन्।

ल्याम्बर्गिनीको लागि अमेरिकापछि चीन दोस्रो ठूलो बजार हो। कोरोना भाइरसको कारण चीनबाट ल्याम्बर्गिनीको मागमा अत्याधिक गिरावट आएको छ।

यस अघि हुण्डाईले पनि आफ्नो एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि दक्षिण कोरियाको उल्सान शहरस्थित एउटा कारखाना बन्द गरेको थियो। उल्सानमा हुण्डाईको ५ ओटा कारखाना छ। जहाँ ३४ हजार कर्मचारी काम गर्छन्। साथै वार्षिक १४ लाख गाडी बन्ने गर्छन्।एजेन्सी

प्रकाशित मितिः २०७६ फागुन ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *