काठमाडौं । नामीले पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ ।सोमबार भएको फाइनल खेलमा नामी ब्वाइज र गर्ल्स दुवैमा बिजेता बनि उपाधि जितेको हो ।
ब्वाइज फाइनलमा नामीले आयोजक मल्पीलाई १२–५ ले पराजित गरेको हो । नामीका आङ फुर्वा शेर्पाले ५, विकी ऐडी क्षेत्रीले ४ र मिङमार लामाले ३ अंक जोडे । ब्वाइजमा नामी नयाँ च्याम्पियन हो । अघिल्ला चारै संस्करणको उपाधि आयोजक मल्पीले जितेको थियो ।
गर्ल्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन नामीले आयोजक मल्पीलाई नै १०–३ ले हराउदै उपाधि रक्षा गरेको हो । नामीका लागि सुलक्छाया गुरुङले ५, रोशनी पोखरेलले ४ र पासाङ छोतिन् शेर्पाले १ स्कोर गरे ।
मल्पी पहिलोदेखि तेश्रो संस्करणको विजेता हो । ब्वाइज र गर्ल्स दुवैमा पहिलो हुनेले १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कार हात पारे ।
ब्वाइजमा नामीका विकी ऐडी क्षेत्री तथा गर्ल्समा नामीकै रोशनी पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा आयुश लामा तथा गर्ल्समा श्रेया शाही प्रतियोगिताकै सर्वाधिक स्कोरकता बने । आयुशले २६ तथा श्रेयाले १२ स्कोर गरे । सर्वाधिक स्कोरकर्ताद्वय मल्पीका हुन् ।
ब्वाइजमा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए भने गर्ल्समा ३ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए ।
प्रकाशित मितिः २०७६ फागुन २७ मंगलबार
Comments