काठमाडौँ । सातौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।
आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।
मेलबर्नस्थित एमसीजीमा अष्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछाएको भारतले १९ ओभर १ बलमा ९९ रन बनाउँदा अलआउट भयो । भारतको लागि दिप्ती शर्माले ३३ रनको सर्वाधिक इनिङ्स खेलिन् ।
यस्तै भेडा क्रिश्नामुर्तीले १९, रिचा घोसले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
अष्ट्रेलियाकी मेगान स्चुट्टले ४ तथा जेस जोनासेनले ३ विकेट हात पारिन् ।
यसअघि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । अष्ट्रेलियाको ठुलो स्कोरमा बेथ मोनीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । ५४ बल खेलेकी मोनीलले १० चौका प्रहार गरिन् ।
यस्तै एल्स्या हेलीले आक्रामक ७५ रनको अर्धशतकीय इनिङ्सको योगदान गरिन् । उनले ३९ बलमा ७ चौका र ५ छक्का प्रहार गरिन् ।
कप्तान मेग लानिन्नले १६ रन बनाउँदा निकोला केरी ५ रनमा अविजित रहिन् ।
भारतकी दिप्ती शर्माले २ तथा पुनम यादब र राधा यादबले समान १/१ विकेट लिए ।
यससंगै अष्ट्रेलियाले महिला टी-ट्वान्टी विश्वकपको उपाधि पाँचौं पटक जितेको छ । महिला टी-ट्वान्टी विश्वकपमा सर्वाधिक उपाधि जित्ने राष्ट्र अष्ट्रेलिया हो ।
अष्ट्रेलिया बाहेक इंग्ल्याण्ड र वेष्ट इण्डिज १र१ पटक विश्व विजेता बनेका छन् । अष्ट्रेलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप जितेको थियो ।
प्रकाशित मितिः२०७६ फागुन २५ आइतबार
Comments