नायिका उषाले कसिन् नायक सुधाशुसँग लगनगाँठो
काठमाडौं, १० मंसिर । अमेरिकामा रहेकी नायिका उषा पौडेलले नायक सुधांशु जोशीसँग बिबाह गरेकी छिन् । हिन्दु परम्परा अनुसार हिजो अमेरिकाको बाल्टिमोरमा उनीहरुको विवाह भएको हो ।
उनीहरूको बिबाहमा नायिका ऋचा घिमिरे परिवार, झरना थापा दम्पत्ती, अरुणिमा लम्साल, पूजा चन्दलगायतको उपस्थित रहेको थियो ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति मुना मदनबाट मुना बनेर नेपाली रजतपटमा डेब्यू गरेकी उषाले केही भारतिय टिभी श्रृखंलामा पनि काम गरेकी थिइन् । नेपाली फिल्ममा उल्लेखनिय प्रगती नभएपछि मुम्बई हानिएकी उनी केही समयदेखि अमेरिका बस्दै आएकी छन् ।
उषाका पति सुधाशु जोशी पनि केही नेपाली फिल्ममा अभिनय गरेपछि अमेरिका गएका थिए । उनले ऐतिहासिक फिल्म सिमारेखामा मुख्य अभिनेता थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६