उद्धार गरिएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएन

भक्तपुर न्यूज

७ फागुन २०७६ ७:५०

उद्धार गरिएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएन

काठमाडौं । चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड–१९) नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी यो जानकारी गराएका हुन्

“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोवल कोरोना भाइरसका लागि रियल टाइम आरटी–पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा २०१९ नोवल कोरोना भाइरस (कोभिड–१९)  नभेटिएको जानकारी गराइन्छ,”उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसले नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय ज्यादै खुसी भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्तिः


प्रकाशित मितिः २०७६ फागुन ७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *