उद्धार गरिएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएन
काठमाडौं । चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड–१९) नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी यो जानकारी गराएका हुन् ।
“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोवल कोरोना भाइरसका लागि रियल टाइम आरटी–पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा २०१९ नोवल कोरोना भाइरस (कोभिड–१९) नभेटिएको जानकारी गराइन्छ,”उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसले नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय ज्यादै खुसी भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्तिः

प्रकाशित मितिः २०७६ फागुन ७ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
