धुम्रपान गर्न छोड्दा के हुन्छ ?

भक्तपुर न्यूज

२२ माघ २०७६ ८:१७

धुम्रपान गर्न छोड्दा के हुन्छ ?

काठमाडौँ । धुम्रपानले विश्वमा वर्षेनी लाखौको ज्यान लिन्छ। प्रत्येक पटक चुरोट सल्काउँदा ७ हजार भन्दा बढी प्रकारका रसायन शरिरमा प्रवेश गर्छन् वा उत्पादन हुन्छन् । तर विश्वमा करिब १.३ अर्ब मानिसले गर्ने धुम्रपान छोड्दा आखिर शरिरमा के-कस्तो प्रभाव देखिन्छ ?

चुरोट पिउन छोडेको २० मिनेट
चुरोटमा हुने निकोटिनले शरिरमा एपिनेफरिन र नोरएपिनेफरिन उत्पादन गर्छ। जसले मुटुको धड्कन बढाउँछ र रक्तवाहिनी नली साँघुरो बनाउँछ। साथै यसको प्रभावले चुरोट पिउनेहरुले सामान्य भन्दा बढी हात र खुट्टामा चिसो महसुस गर्छन्।

चुरोट छोडेको २० मिनटेमै ब्लडप्रेसर र मुटुको चाल सामान्य हुन्छ। र हात र खुट्टाको तापक्रम सामान्य अवस्थामा फर्किन्छ।
 
चुरोट पिउन छोडेको २ घण्टा

चुरोट पिउन छोडेको २ घण्टामा शरिरले निकोटिनको आवश्यकता महसुस गर्छ। निकोटिनको यसरी लत लाग्दा व्यक्ति तनावमा आउँछ, थकान महसुस हुने र रिस उठ्ने हुन्छ। साथै निदाउँन पनि कठिन हुन्छ।

निकोटिनले शरिरमा सामान्य भन्दा बढी डोपामिन रिलिज गराउँछ। डोपामिन त्यस्तो हर्मोन हो जसले ‘रिल्याक्स’ गराउँछ।

चुरोट पिउने बानी भएकाहरु चुरोट नपिइ बस्न नसक्नुको पछाडी यहि हर्मोनको मुख्य भूमिका हुन्छ।

यहि हर्मोन गुलियो खाँदा, खुसी हुँदा अनि सेक्स गर्दा पनि शरिरमा उत्पन्न हुन्छ। डोनामिनले तनाव कम गराउने काम गर्छ। संगति सुन्दा अनि ध्यान गर्दा पनि शरिरमा डोपामिन रिलिज हुन्छ।

चुरोट छोडेको २ घण्टामै शरिरमा निकोटिन कमी आउँदा डोपामिनको अत्याधिक उत्पादनमा कमी आउनाले तनाव बढ्ने हुन्छ, छटपटी हुन्छ।
८ घण्टा पछि

लामो समय अत्याधिक धुम्रपान गर्नेको रक्तकोषिका ठूलो अनि मोटो हुन्छ अर्थात ब्लडप्रेसर बढ्ने र ब्लडक्लट बन्ने हुँदा रक्तसञ्चार सहज हुन सकिरहेको हुँदैन।

चुरोटको धुवाँसंगै पिइएको कार्वनमोनोअक्साइड पिउन छोडेको ८ घण्टापछि बिस्तारै रगतबाट हट्दै जान्छ र रक्तनलीमा अक्सिजनको मात्रा बढ्छ र स्थिति सामान्यमा आउँछ।
२४ घण्टा पछि

चुरोट छोडेको २४ घण्टापछि आश्चर्यजनक तरिकाले खोकी बढ्छ । तर आत्तिनु पर्दैन। चुरोट पिउँदा फोक्सोमा जम्मा भएको हानीकारक रसायनहरु निकाल्न शरिरको प्रतिरक्षा प्रणालीले यस्तो खोकी लगाउँछ । यसले शरिरमा जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ।

यो अवस्थामा आइपुग्दा नै मुटुसम्बन्धी रोगको सम्भावना कम भइसकेको हुन्छ।
४८ घण्टा पछि

शरिरबाट निकोटिन, कोटिनिन जस्ता हानिकारक रसायन निस्किसकेपछि क्षति पुगेको न्युरोनहरुको विकास सुरु हुन्छ। टार लगायतका चुरोटमा पाइने अन्य रसायनले जिब्रोको ‘टेस्ट बड’मा क्षति पुर्याएको हुन्छ। चुरोट छोडेको २४ घण्टामै जिब्रोका यी ‘टेस्ट बड’हरुले आफ्नो संवेदनशीलता फेरि प्राप्त गर्छन र खाना खाँदा जिब्रोले राम्रो स्वाद पाउँछ।

चेन स्मोकरहरुमा भने सुधार हुननसक्ने गरि जिब्रोको ‘टेस्ट बड’हरुमा क्षति पुगेको हुनसक्छ।
७२ घण्टापछि

शरिरले निकोटिनको अभाव यस्तो महसुस गर्छ कि अब टाउको दुख्ने, भोमिट हुने अनि रिंगटा लाग्ने सम्मको असर देखिन्छ। साथै चिडचिडाहटपन र तनाव बढ्न थाल्छ। यस्तो प्रभाव लत लाग्ने अधिकांस पदार्थहरु छोडेपछि देखिन्छन्।

जस्तै धेरै कफि पिउने लत लागेको व्यक्तिले कफि नपिउँदा पनि यस्तो शरिरमा यस्तो प्रभाव देखिने गर्छ। तर ७२ घण्टा पछि अब तनावको यस्तो स्थिति करिब करिब कम हुँदै जान्छ।
१ महिना पछि

चुरोट छोडेको १ महिना पछि मधुमेह, क्यान्सर र मुटुसम्बन्धी रोग लाग्ने सम्भावना निकै कम भइसकेको हुन्छ।
३-९ महिना पछि

चुरोटले क्षति पुर्याएको फोक्सोका कोषिकाहरु स्वस्थ भइसक्छ। यो समयसम्म चुरोट नपिउँदा खोकी र छिटो छिटो स्वास फेर्नुपर्ने समस्या निको भइसकेको हुन्छ।
१ वर्ष पछि

‘एथोरोमा’ उत्पादन हुँदा हुनसक्ने मुटुको रोगको सम्भावना करिब आधाले कमीले आइसक्छ।
१० वर्ष पछि

चुरोट छोडेको १० वर्षपछि फोक्सोको क्यान्सर हुनसक्ने सम्भावना चुरोट नछोड्नेको भन्दा ५० प्रतिशतले कमी आइसकेको हुन्छ।
१५ वर्ष पछि

चुरोट छोडेको १५ वर्षपछि हृदयघातको सम्भावना चुरोट नपिउने व्यक्तिको जस्तै भइसकेको हुन्छ । अर्थात यो अवस्थामा चुरोटले गरेको असर सबै निर्मुल भइसक्छ।

चुरोट छोड्दा शरिरमा देखापर्ने यस्तो सकारात्मक परिवर्तन चुरोट पिएको समयअवधि र मात्रा अनुसार फरक फरक हुन्छ । तर जति छिटो चुरोट छोड्न सक्यो शरिरलाई त्यति फाइदा अनि सहज हुन्छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *