काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा १५ अंकको अग्रता लिएको छ ।
लिग वान च्याम्पियन पीएसजीले नान्टलाई २-१ गोल अन्तरले पराजित गर्दै तालिकामा फराकिलो अग्रता बनाएको हो ।
मौरो ईकार्डी र थिलो केहरले पीएसजीका लागि एक एक गोल गरे । नान्टका मोसिस सिमोनले एक गोल फर्काए ।
खेलको २९ औ मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । केहरले ५७ औ मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए । नान्टका सिमोनले ६८ औं मिनेटमा एक गोल फर्काए ।
नेयमारको स्थानमा प्रशिक्षक थोमस टुचेलले एन्जल डी मारियालाई स्थान दिएका थिए ।
पीएसजीले २३ खेलबाट ५८ अंक जोडेको छ । नान्ट ३२ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
पीएसजीले पछिल्ला ११ खेलमा १० खेलमा जित निकालेको छ । गत नोभेम्बर १ मा भएको खेलमा डीजोनसंग पीएसजी स्तब्ध बनेको थियो ।
लिग वान च्याम्पियनले यस सिजन सबै प्रतियोगितामा सय गोलको आँकडा पार गरेको छ ।
आगामी आईतबार पीएसजीले लियोनलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २२ बुधबार
Comments