काठमाडौं । डेब्यु खेलमै स्टेभन विर्गवाईनले उत्कृष्ट प्रदर्शन गर्दा टोटेनहमले प्रिमियर लिगमा म्यान्चेष्टर सिटीलाई पराजित गरेको छ ।टोटेनहमले खराब लयबाट गुज्रिरहेको सिटीलाई २–० गोल अन्तरले हराएको हो ।
अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सिमित बन्यो । लगत्तै घरेलु टोली टोेटनहमले दुई गोल गर्यो । ६३ औ मिनेटमा डेब्यु खेलाडी विर्गवाईनले भलीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।
सन ह्युङ मिनले ७१ औं मिनेटमा टोटेनहमका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितसंगै टोेटेनहम ३७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लियो । सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा रह्यो । टोटेनहम चौथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडी छ ।एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २० सोमबार
Comments