नाइजेरियामा ७५ हजार बालबालिका भोकमरीको उच्च जोखिममा
एजेन्सी, १ मंसिर । अफ्रिकी देश नाइजेरियामा १ करोड ४० लाख मानिसहरु भोकमरीको संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार नाइजेरियामा मात्र ७५ हजार बालबालिका कुपोषणको शिकार भएकाछन् । ती मध्ये ४० हजार बालबालिकासामु तत्काल सहायता पु¥याउन नसकेमा उनिहरुलाई बचाउन नसक्ने राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघका मानवीय सहायता संयोजक पिटर लण्डबर्गले भने राष्ट्रसंघका त्यती बालबालिकाको सहायताका लागि आवश्यक पूँजी नभएकाले समस्या जटिल हुनसक्नेतर्फ सचेत गराएका छन् । लण्डबर्गले आफूहरुको अध्ययनबाट तत्काल कदम नचाले ७५ हजार बालबालिका आगामी केही महिनामै मृत्युको मुखमा पुग्न सक्ने चेतावनी दिए ।
केहीसमय अघिसम्म विद्रोही संगठन बोकोहरामको बलियो पकड रहेको उत्तरपूर्वी क्षेत्रका मानिसहरुका लागि राष्ट्रसंघको मानवीय सहायताले मात्र नपुग्ने लन्डवेर्गको भनाई रहेको छ ।
नाइजेरियाको सेनाले बोकोहराम विद्रोहीलाई केहिसमय अघिमात्र त्यहाँबाट धपाउन सफल भएको थियो । सन् २०१७ सम्ममा १ करोड ४० लाख मानिसलाई मानवीय सहायताको आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।
नाइजेरियामा सन् २००९ देखि बोकोहरामले गरेको आक्रमणमा परी दशौ हजार मानिसको मृत्यु भएको छ भने २० लाख मानिस विस्तापित भएको राष्ट्रसंघले जनाएको छ ।