काठमाडौं । गायक ज्ञानेन्द्र अधिकारीले नयाँ गीत ‘बिद्रोह’ सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले यो गीत बाहिर ल्याएका हुन् । गीतमा विदेशीएका नेपालीहरुको पीडा व्यक्त गरिएको छ ।
एकसमय बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन समेत बसेका गायक अधिकारीले गीतमा रोजगारीका लागि युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएको बताएका छन् ।
गीतमा अधिकारीले रोजगारीको सिलसिलामा अष्ट्रेलिया, युरोप, अमेरिकादेखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई स्वदेश फर्कन समेत आह्वान गरेका छन् ।
गीतको भिडियो:
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments