सरकारले ‘सफल’ दाबी गरेको लगानी सम्मेलन विज्ञका दृष्टिमा ‘असफल’

0

काठमाडौं । सरकारले आयोजना गरेको एउटा बृहत् सम्मेलनमा विभिन्न देशका कम्पनीले नेपालका कैयौँ क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएको र केही सम्झौता पनि भएको अधिकारीहरूले बताएका छन्।

काठमाण्डूमा आयोजित दुई दिने लगानी सम्मेलनमा त्यस्ता प्रतिबद्धताहरू जनाइएको उनीहरूको भनाइ छ। अर्थमन्त्री वर्षमान पुनले सम्मेलन “भव्य रूपमा सफल भएको” र लगानीकर्ता एवं साझेदारहरूको उपस्थितिले आफूहरू “उत्साहित बनेको” बताएका छन्।

कतिपय अर्थशास्त्रीले भने यस्ता सम्मेलनमा जनाइने प्रतिबद्धताको खासै अर्थ नरहेको र “देखावटी रूपमा गरिने यस्ता कार्यक्रमले लगानी भित्र्याउन मद्दत गर्ने सम्भावना कम रहेको” भन्दै आलोचना गरेका छन्।

नेपालमा लगानी बोर्ड गठन भएपछिको यो तेस्रो लगानी सम्मेलन हो र सम्मेलनमा झन्डै पाँच दर्जन देशबाट सहभागीहरू आएको अधिकारीहरूले बताएका छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनमा ऊर्जा, सूचना प्रविधिलगायत कैयौँ क्षेत्रमा महत्त्वपूर्ण छलफल र साझेदारीको ढोका खोल्ने काम भएको बताए।

उनले सम्मेलनको समापन समारोहमा दिएको जानकारीअनुसार सम्मेलनमा १५२ वटा परियोजना राखिएका कैयौँमा लगानीका लागि लगानीकर्ताले चासो देखाएका छन्। त्यस्तै एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएका छन्।

सम्मेलन अवधिमा ३० भन्दा बढी विदेशी लगानीकर्ताको टोलीले नेपालका उच्च अधिकारीहरूसँग भेटघाट गरेर आफ्नो लगानीका चासोबारे छलफल गरेको पनि उनले जानकारी दिए। विभिन्न विषयका १२ वटा सत्रहरूमा लगानीबारे गहन छलफल भएको र त्यसले लगानीका विषयमा कैयौँ कुरा स्पष्ट पार्न पाइएको भट्टले बताए।

सरकारी समाचार एजेन्सी राससका अनुसार तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत्‌ विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। राससले उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीलाई उद्धृत गर्दै उक्त लगानी स्वीकृत भएको जनाएको छ।

भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाण्डूमा व्यावसायिक भवन निर्माणका लागि ३ तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सात करोड ६६ लाख र ललितपुरमा होटल तथा रेस्टुराँ निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो।

गत साता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको ५८औँ बैठकले लगानी सम्मेलनका लागि विभिन्न परियोजनाको सूची तयार पारेको थियो। त्यसमा २० वटा परियोजनालाई तत्काल कार्यान्वयन गर्न सकिने सूचीमा राखिएको थियो।

ती परियोजनाका लागि लगानीकर्ताबाट आशयपत्र आह्वान गरिएको थियो। बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार त्यसबाहेकका अन्य १४८ परियोजना देखाएर “हामीसँग यस्ता लगानीयोग्य योजना छन् भनेर लगानीकर्तालाई जानकारी गराउन गराइएको” थियो। बीबीसी नेपाली

प्रकाशित मितिः २०८१ बैशाख १८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション