सुनको भाउ तोलामा ९ सयले घट्यो
काठमाडौं, २८ कात्तिक । आज पनि सुनको भाउ ९ सयले घटेको छ । शुक्रबार तोलाको ५६ हजार ४ सय रुपैयाँ कारोबार भएको सुन आज तोलामा ९ सयले घटेर आज प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ८ सय १० रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।
विश्व वजारमै सुनको भाउ घटेपछि नेपाली वजारमा समेत कमी आएको व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
