छिटो छिटो खाना खाँदा तौल बढ्ने र सुगर रोग लाग्ने खतरा

भक्तपुर न्यूज

११ पुष २०७६ ११:१५

छिटो छिटो खाना खाँदा तौल बढ्ने र सुगर रोग लाग्ने खतरा

काठमाडौँ। मानिसको लागि खाना अपरिहार्य चिज हो। खानाले नै गर्दा मानिसलाई दैनिक कार्य गर्ने ऊर्जा मिल्छ । स्वच्छ र स्वस्थ खाना सबै मानिसहरुको नैसर्गिक अधिकार हो। तर, खाना खाँदा धेरै चिजहरु ख्याल गर्नुपर्दछ । खानालाई मजाले चपाउनु पर्ने हुन्छ। यदि खानालाई नचपाई हतार हतार खाइयो भने यसले स्वास्थमा धेरै नकारात्मक असर पर्ने गर्दछ। त्यसगरी, छिटो छिटो नचपाई खाने कुराहरु खाइयो भने यसले अनावश्यक तौल बढाउने समेत गर्दछ।

विज्ञहरुकाअनुसार खानालाई कम्तिमा २० मिनेट लगाएर मजाले चपाएर खानु पर्दछ। बर्मिंघम युनिभर्सिटीका अन्बेसकहरुको एक अध्ययन अनुसार २० मिनेट लगाएर खाना खाँदा मानिसले थोरै र उपयुक्त खाना खाने र खानालाई धेरै चपाउनु परेका कारण खाना नथप्ने गर्छन् । त्यसैगरी, यसरी खाँदा लामो समयसम्म भोकसमेत नलाग्ने पत्ता लगाएका छन्। तर, छिटो छिटो र मजाले नचपाई खाने कुराहरु खाँदा यसले अनावश्यक तौल बढाउने गर्दछ किनभने यसले मानिसको मेटाबोलिक सिन्ड्रोमको सक्रियतालाई बढाउने गर्दछ, जसका कारण मानिसको तौल अनावश्यक रुपमा बढ्ने गर्दछ। यदि विस्तारै र मजाले चपाएर खाना खायो भने सजिलै पच्ने र मानिसले सहि र उचित मात्रामा खाना खाने गर्दछन्।

यसले गर्दा मस्तिस्कलाई धेरै खाना खानु हुँदैन भनेर सूचना प्रवाह गर्दछ, जसले गर्दा मानिसले कम खाने र मजाले चपाएर खाने गर्दछन र यसले तौललाई नियन्त्रण गर्न मद्दत गर्दछ। छिटो छिटो मजाले नचपाई खानेकुराहरु खाँदा मस्तिस्कलाई जरुरी सन्देश नपुग्ने र शरीरलाई चाहिने हर्मोन्सहरु उत्पादन नहुने र यसले मानिसको इन्सुलिनलाई प्रभावित गर्ने र जसका कारण टाइप टू डाइविटिज हुने खतरा बढ्दछ। खानालाई राम्रोसँग नचपाउँदा खानाका कणहरु दाँतकोबीचमा फस्ने जसले गर्दा स्वास गनाउने जस्तो समस्या आउने गर्दछ। खानालाई राम्ररी चपाएर खाँदा मुखमा रहेको ब्याक्टेरियाहरूसमेत मर्दछन् र लामो समयसम्म मुखमा रहने लारले ब्याक्टेरियाहरूलाई न्यून गर्दै खानालाई मजाले पचाउँछ र शरीरलाई ब्याक्टेरियाको संक्रमणबाट जोगाउँछ ।

प्रकाशित मितिः२०७६ पुस ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *