काठमाडौं। फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ । पीएसजीले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एमेइन्सलाई ४–१ ले पराजित गरेको हो ।
पीएसजीका लागि केलियन एमबाप्पेले दुई, नेयमार र माउरियो इकार्डीले एक एक गोल गरे । यस्तै एमेइन्सका लागि स्टेभीन मेन्डोजाले एक गोल गरे ।
खेलको १० औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए । ७० औं मिनेटमा स्टेभीनले गोल गर्दै खेललाई ३–१ को अन्तरमा ल्याएका थिए ।
८४ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई ४–१ को सहज जित दिलाए । जितसँगै शीर्ष स्थानको पीएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ । जुन एक खेल बढी खेलेको मार्सेलीको भन्दा ७ अंक बढी हो । एमेइन्स १७ अंकसहित १८ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७६ पौष ६ आइतबार
Comments