चितवन । भरतपुर महानगरपालिका–१५ मा बिहीबार साँझ २ ओटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना भने गम्भीर घाइते भएका छन् ।
भरतपुरबाट रामपुर तर्फ जाँदै गरेको ना ४० प ७३१३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ७३१३ नम्बरका चालक भरतपुर महानगरपालिका–२० का ३६ वर्षीय रामचन्द्र रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।यस्तै अर्का मोटरसाइकल चालक सोही ठाँउका २५ वर्षीय मान बहादुर मर्स्याङगी भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको सोही अस्पतालमै उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको अस्थायी प्रहरी चौकी रामपुरले जनाएको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments