आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले आज भारतको राष्ट्रिय टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले आज भारतको राष्ट्रिय टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
खेल बैंगलोरस्थित साउदर्न साई कभर्डहलमा साँझ ५ बजेपछि सुरु हुनेछ । भारतीय भलिबल फेडेरेसनको निमन्त्रणमा नेपालले भारतीय टोलीसँग तीन मैत्रीपुर्ण खेल खेल्नुको साथै प्रशिक्षण पनि गर्नेछ । मैत्रीपुर्ण खेललाई सागको तयारीको रुपमा लिइएको छ ।
नेपालले दोस्रो खेल कात्तिक २९ र तेस्रो खेल मंसिर २ गते खेल्नेछ । सागको लागि भारतीय टिम पनि बैंगलोरमा प्रशिक्षण गरिरहेका छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक २७ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००