साँखु बस दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । साँखु बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट काठमाडौं आउँदै गरेको बस आज साँझ साँखुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने मृतकको सनाखत हुन सकेको छैन।
घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ। आमा हेल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस शंखरापुर नगरपालिकास्थित साँखु फेदीको जङ्गलमा दुर्घटना भएको हो।
प्रकाशित मितिः २०७६ कार्तिक १३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
