शिशुको अवस्था सामान्य तर सुत्केरी आमाको मृत्यु
बैतडी । बैतडीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका– १ गाउँसल्लाका दानसिंह चाँडकी २१ वर्षीया गौमती चाँड रहेकी छन् ।
शनिबार रातिदेखि नै सुत्केरी व्यथा लागेर स्थानीय सामुदायिक स्वास्थ्य इकाइ तेर्छाबाटामा आइतबार दिउँसो शिशुको जन्म दिने बित्तिकै चाँडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ३० सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
