शिशुको अवस्था सामान्य तर सुत्केरी आमाको मृत्यु

भक्तपुर न्यूज

३० भदौ २०७६ ५:५०

शिशुको अवस्था सामान्य तर सुत्केरी  आमाको मृत्यु

बैतडी । बैतडीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका– १ गाउँसल्लाका दानसिंह चाँडकी २१ वर्षीया गौमती चाँड रहेकी छन् ।

शनिबार रातिदेखि नै सुत्केरी व्यथा लागेर स्थानीय सामुदायिक स्वास्थ्य इकाइ तेर्छाबाटामा आइतबार दिउँसो शिशुको जन्म दिने बित्तिकै चाँडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रकाशित मितिः २०७६ भदौ ३० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *