काठमाडौं । नेपाली यू–१९ टिमका पूर्व कप्तान तथा गोलकिपर अर्पण कार्की स्वदेश फर्किएका छन् । भुटानको शीर्ष डिभिजनको लिगमा व्यस्त अर्पण १३ औं दक्षिण एसियाली खेलकुद साग का लागि नेपाल फर्किएका हुन् ।
नेपाली यू–२३ टिमका मुख्य गोलकिपर रहेका अर्पणले पारो फुटबल क्लबबाट ‘भुटान प्रिमियर लिग’ खेलेका थिए । सागको लागि नेपालले घोषणा गरेको ३२ सदस्सीय प्रारम्भिक टोलीमा अर्पण परेका छन् । अब अर्पण सागको प्रशिक्षणमा सामेल हुनेछन् ।
मंसिर १५ बाट २४ सम्म आयोजना हुने सागको पुरुष फुटबल काठमाडौंमा हुनेछ । नेपालले भारतमा सम्पन्न १२ औं सागमा स्वर्ण जितेको थियो ।
प्रकाशित मितिः २०७६ भदौ २३ सोमबार
Comments