छतबाट खसेर भारतीय कामदारको मृत्यु
काठमाडौँ । वीरगञ्जमा काम गर्ने क्रममा छतबाट खसेर एक भारतीय कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलम रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सोमबार अपराह्न दुर्गा पल्पस फ्याक्ट्रीमा डकर्मीको काम गर्ने क्रममा आलम २ तले भवनबाट खसेका थिए । उनको उपचारका क्रममा गण्डक अस्पताल वीरगञ्जमा मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ १० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७