पिसाब गर्दा पीडा महसूस हुन्छ भने हुन सक्छ क्यान्सर

भक्तपुर न्यूज

५ भदौ २०७६ ७:४७

पिसाब गर्दा पीडा महसूस हुन्छ भने हुन सक्छ क्यान्सर

काठमाडमौँ । क्यान्सरहरू धेरै प्रकारका हुन्छन् भने क्यान्सर शरीरको विभिन्न भागमा लाग्ने गर्दछ । आजभोलि खराव जीवनशैली, अव्यवस्थित खानपान, धूम्रपान तथा मदिरापानको सेवन, ब्यायामको कमीले गर्दा धेरै मानिसहरू क्यान्सरको समस्याले पीडित भएका छन् ।

क्यान्सर भएको सुरुआती चरणमा केही पनि डरलाग्दो लक्षण नहुने भएकाले र उपचार गर्नका लागि धेरै खर्च हुनाले कतिको मृत्युसमेत हुने गरेको पाइन्छ । विश्वव्यापी रूपमा फोक्सो, पाठेघर, कलेजो, मूत्राशय र स्तनको क्यान्सरहरू मृत्युका मुख्य कारण मानिन्छन् ।

बीपी कोइराला क्यान्सर अस्पताल, चितवनको तथ्यांक अनुसार नेपालमा युवाहरुमा आजकाल मूत्राशय क्यान्सरको खतरा तीब्र रुपमा बढिरहेको छ । यो क्यान्सर अण्डकोशमा हुने गर्छ । अण्डकोशले शरीरमा टेस्टोस्टेरोनका साथै महत्त्वपूर्ण हर्मोन उत्पादन गर्ने काम गर्छ । वीर्यकोश प्रजनन कोशिकाहरूका लागि पनि जिम्मेवार हुने र वीर्यकोषका कोशिकाहरुको अनियन्त्रित वृद्धिबाट मूत्राशय क्यान्सर हुने गर्छ । पत्थरी पनि लामो समयसम्म रह्यो वा नियन्त्रण गर्न सकिएन भने पनि क्यान्सरको रूप लिन सक्छ ।

मूत्राशयको क्यान्सर हुने क्रममा क्यान्सर सेल्सहरू लिम्फेटिक फ्लुइडमा डायफ्राम र किड्नीबीच बन्छ । उपचार अभावमा आखिरी चरणमा क्यान्सरका कोशिकाहरू शरीरभरि फैलन्छ, जसबाट फोक्सो, मष्तिष्क, कलेजो र हड्डीमा प्रभाव पार्छ र बिरामीको मृत्युसमेत हुन सक्छ । उपचार नपाएको ९५ प्रतिशत स्थितिमा क्यान्सर घातक हुन गइ यो शरीरमा फैलन्छ । मूत्राशयको क्यान्सर हुने खतरा खासगरी कोइला खानीमा कामगर्ने श्रमिकलाई अधिक हुने पाइएको छ ।

१५ वर्ष पछिका युवाहरुले मूत्राशय क्यान्सरबारे सचेत रहेर समयसमयमा परीक्षण गराउनु आवश्यक देखिन्छ । यदि अण्डकोशमा कुनै पनि प्रकारका गाँठागुँठी छन् वा केहि परिवर्तन आउन थालेको महसूस भएको छ भने यो क्यान्सरको मुख्य लक्षण हुन सक्छ । उक्त गाँठो केराउको आकार वा त्योभन्दा अलिक ठूलो पनि हुन सक्छ र उपचार नगरे बढ्दै पनि जान सक्छ । अण्डकोष कडा भएर भारीपन आउन थालेमा सचेत रहनुपर्छ ।

यदि, पिसाब गर्दा अप्ठेरो भएको वा पेट, ढाडमा लगातार पीडा महसूस हुन्छ भने त्यो मूत्राशय क्यान्सरका लक्षण हुन सक्छन् । मूत्राशय क्यान्सर भएको अवस्थामा पिसाब गर्दा निकै पीडा हुनुका साथै पिसाबबाट रगत पनि आउन सक्छ । क्यान्सर अण्डकोषबाट सुरु भएर बिस्तारै शरीरका अन्य भागमा फैलिँदै जान्छ र शरीरका विभिन्न ठाउँहरुमा असर गरेर बिरामीलाई श्वास लिनसमेत गार्हो हुन जान्छ ।

अण्डकोषमा केही असामान्य अवस्था आउने बित्तिकै मूत्राशय क्यान्सर भएको छ कि छैन भनेर परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार उपचार गराउनु पर्छ । क्यान्सरको चिकित्सामा शल्य चिकित्सा, विकिरण चिकित्सा, किमोथेरेपी, जीवाणु थेरापी र जैविक थेरेपी संलग्न छन् । रोग कति फैलिएको छ, रोगीको आयु, सामान्य स्वास्थ्य एवं अन्य तत्त्वलाई ध्यान दिएर क्यान्सरको स्थिति र प्रकारका आधारमा चिकित्सकले एउटा प्रक्रिया अपनाउन सक्छन् ।

प्रकाशित मितिः २०७६ भदौ ५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *