भुटेको चनाको फाइदा

भक्तपुर न्यूज

५ भदौ २०७६ ७:०४

भुटेको चनाको फाइदा

काठमाडमौँ । भुटेको चना कत्तिको खानु भएको छ । अनि यसको स्वाद मन पर्छ कि पर्दैन् । यो समाचार भुटेको चना (सुख्ख भुटेको) मन पराउनेहरुकोलागि हो ।

यस्तै तपाईलाई भुटेको चना मन पर्दैन भने पनि यो समाचार पढे पछि एक पटक विचार गर्नु पर्ने हुन्छ । मन परेपनि कहिलेकाँही मात्रै खाने गर्नु भएको छ भने दैनिक खाने बानी बसाउनु झनै राम्रो हुन्छ । सायद तपाईलाई भुटेको चना खादाँ हुने फाइदाका विषयमा जानकारी नहुन सक्छ ।

चनाको बोक्रा –भित्रि बोक्रा सहित खानु राम्रो हो भने बोक्रा हटाएर खाँदा स्वास्थ्यको दृष्टिले झनै राम्रो हो । भुटेको चना खादाँ पुरुषत्वमा बृद्धि हुन्छ । यसले शरीरमा उर्जा बढाउँछ । यसमा हुने कार्बोहाइड्रेट, प्रोटीन, कैल्शियम, आयरन र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ्य राख्न मद्धत गर्छ ।

यसको फाइदाका विषयमा सायद तपाईलाई विश्वास पनि नलाग्ला तर दैनिक ५० देखि ६० ग्राम भुटेको चना सेवन गरे स्वास्थ्यमा सकरात्मक असर देखिने विज्ञहरुले बताएका छन् । चनाको सेवनले रोगप्रतिरोधी क्षमतामा बृद्धि हुन्छ । दैनिक नास्ता वा दिउँसोको खानामा कम्तिमा ५० ग्राम चना खाए फाइदा पुग्ने विज्ञहरुले बताए । यसले रोगप्रतिरोधी क्षमता बढाउने छ । जसको कारण तपाई बिमारी हुनबाट बच्नु हुन्छ ।

मोटोपना घटाउन थालेका वा घटाउन आवश्यक भएकहरुको लागि पनि भुटेको चना प्रभवकारी खाना हो । दैनिक भुटेको चना खाए मोटोपनाको समस्याबाट मुक्ति पाइन्छ । यसको सेवनले शरीरको बोसो घटाउन सहयोग पुग्छ ।

पिसाब सम्बन्धि रोगबाट छुटकारा पाउनकोलागि पनि भुटेको चना सेवन गर्न सक्नु हुन्छ । जसलाई बारम्बार पिसाब आइरहने समस्या छ, उसको लागि यो वरदान सावित हुन सक्छ । दैनिक यसको सेवनबाट केही दिनमै नतिजा आउन थाल्छ ।

नंपुसकता हटाउन पनि भुटेको चना खान डाक्टरहरुको सल्लाह छ । भुटेको चना र दुध खाँदा यस्तो समस्या हटाउन सक्ने उनीहरुको भनाई छ । यसबाट वीर्य पातलो भएकाहरुले फाइदा लिन सक्छन् । महसँगै भुटेको चना खानेहरुको पुरुषत्वमा वृद्धि हुन्छ । यसको अर्को फाइदा भनेको कुष्ट रोगबाट समेत छुटकारा पाउन सहायक हुने छ ।

यसैगरि कब्जियतका रोगीहरुलाई पनि दैनिक भुटेको चना खान डाक्टरहरुको सल्लाह छ । यसले शरीरको पाचन शक्ति बढाउने र दिमागको क्षमता बढाउन समेत फाइदा पुर्याउछ । छालामा निखार ल्याउन मन भएपनि दैनिक चनाको सेवन गर्न सक्नु हुन्छ । चनामा हुने फस्फोरसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउछ अनि मृगौलामा भएका अधिक नुनिलो पदार्थ समेत हटाउछ ।

चना खाँदा मधुमेह रोगीहरुलाई समेत फाइदा पुग्छ । भुटेको चनाले ग्लूकोज सोच्ने भएकोले मधुमेह नियन्त्रण गर्ने काम गर्छ ।

प्रकाशित मितिः २०७६ भदौ ५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *