बच्चाको कान कसरी सफा गर्नु हुन्छ ? ईयरबडको प्रयोग जोखिमयुक्त
काठमाडौँ । बच्चाको कान सफा राख्न महत्त्वपूर्ण कुरा हो । खास गरि बच्चालाई नुहाउँदा कान र यसको वरिपरि छाला सफा गर्न राम्रो हुन्छ । बच्चाको कान सफा गर्दा केवल धुएका नरम कपडा वा रुईको डल्लो अनि हल्का तातो पानीको आवश्यक्ता हुन्छ । बच्चाको कानमा कानेगुजी देखियो भने त्यसलाई हटाउनु पर्छ ।
तर कानमा ईयरबड अथवा रुवा बेरेको सिन्का वा चुच्चो भएको बस्तु छिराउन उपयुक्त हुदैन् । कानेगुजी बच्चाको कान सुरक्षित राख्न आवश्यक छ । यसमा भएको चिल्लोपनाले हानिकारक जीवाणु विरोधी क्षमता राख्छ । त्यसैले यसलाई हटाउदाँ हानी पनि हुन सक्छ ।
बच्चाको कान कसरी सफा गर्ने त ?
बच्चाको कान नियमित रुपमा सफा गरिरहनु पर्छ । हल्का मनतातो पानीमा रुवा भिजाएर कान साफ गर्न सकिन्छ । यस्तै सफा नरम कपडा पनि त्यसैगरि भिजाएर कान सफा गर्न सकिन्छ । विस्तारै कानको पछाडी र कानको बाहिरी भागमा भिजेको कपडा वा रुवाले कान साफ गर्न सकिन्छ । तर कान भित्र यसरी साफ गर्न भने हानिकारक हुन्छ ।
बच्चाको कानमा इयरड्रप हाल्नु उपयुक्त हुन्छ । बच्चालाई सुताएर विस्तारै कानको लोती तान्दै कानमा ६ देखि ९ थोपासम्म वा डाक्टरको सल्लाह अनुसार इयरड्रप हाल्नु पर्छ । इयरड्रप हालेपछि १० मिनेटसम्म जस्ताको तस्तै सुताएर राख्ने र त्यसपछि बच्चालाई अर्कोपट्टि फर्काउनु पर्छ । यसरी उल्टो फर्काउदाँ कानभित्र हालेको थोपा तल सर्छ । केही समयपछि कानबाट हालिएका थोपा बाहिर निस्कन दिनु पर्छ । तर बाल रोग विशेषज्ञको सिफारिस अनुसार नै इयरड्रप प्रयोग गर्नु राम्रो हुन्छ ।
ईयरबड वा कटन स्वाव्स प्रयोग गर्नु राम्रो मानिदैन् । बच्चाको कानमा ईयरबड हाल्नु जोखिमयुक्त छ । यही कारण अमेरीकामा सन् १९९० देखि २०१० सम्म २ लाख ६० हजार बालबालिका कान सम्बन्धि रोगबाट प्रभावित भएका छन् । यसको प्रयोगले कानभित्र चोट लाग्ने लगायतको समस्या हुने गर्छ ।
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार