कतारमा पौडी खेल्ने क्रममा एक नेपालीको मृत्यु
काठमाडौँ । कतारमा एकजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बू रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत लिम्बूको पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर मृत्यु भएको हो ।
कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय थिए । उनको शव चाँडै नै नेपाल ल्याउन दूतावाससँग समन्वय भइरहेको धनकुटा समाजका महासचिव रवीन मगरले जानकारी दिएका छन् ।
प्रकाशित मितिः २०७६ साउन २८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१