पर्यटक आउने क्रम बढ्न थालेपछि होटलमा लगानी वृद्धि हुँदै
बेनी (म्याग्दी), २० असोज । पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ ।
दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा रु ८३ करोडभन्दा बढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिनुभयो । सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिंगा, दानालगायतका ठाउँमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।
सञ्चालन भएका होटलमा पर्यटकलाई आवश्यक सम्पूर्ण सुविधा छ । वार्षिक ३० हजारको अनुपातमा तेस्रो मुलुकका पर्यटक भित्रिने जिल्लाका होटलमा २४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आवमा नयाँ होटल दर्ता एवम् पुरानाको नवीकरणबापत समितिले रु दुई लाख २८ हजार राजस्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४