पहिरोको कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा यातायात ठप्प

भक्तपुर न्यूज

२७ असार २०७६ ४:४१

पहिरोको कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा यातायात ठप्प

काठमाडौं । लगतारको वर्षसँगै विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा यातायात ठप्प भएको छ ।

बिहीबार राति वीपी रार्जमार्गको गोलन्जोर र सुनकोशी गाउँपालिकाक्षेत्रमा पहिरो खसेपछि यातायात ठप्प भएको हो । यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको हो ।

यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।

प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय